Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

कोभिडका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि सबै पक्षसँग छलफल : अर्थमन्त्री

कोभिडका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि सबै पक्षसँग छलफल : अर्थमन्त्री

काठमाडौं, २३ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताएका छन् । राज्यका तर्फबाट थप के कस्ता विषयमा के कसरी अगाडि बढ्ने भन्नेबारे एउटै टेबलमा बसेर छलफल गरिने र साझा धारणा बनाएर कार्यान्वयनमा लैजाने उनले बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को प्रथम वार्षिकोत्सव समारोहलाई शनिवार उनले कोभिड महामारीबाट परेको प्रभावलाई न्यून गर्दै अन्य राष्ट्रिय अभिभारा पूरा गर्दै सरकार आफ्नो काममा दत्तचित्त भएर लागिपरेको उल्लेख गरे ।

अर्थमन्त्रीले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युत्को डिमान्ड शुल्क छुट दिने निर्णयलाई थप विस्तार गरिएका, होटल तथा हवाई क्षेत्रलाई समेत समावेश गरिएको जानकारी दिनुभयो । सरकारको समृद्धिको अभियानमा बैंक तथा वित्तीय संस्था, उद्योग सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको भन्दै अर्थमन्त्रीले यी सबै क्षेत्रको मनोबललाई उठाएर सँगै लैजान आफूहरू लागिपरेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रले क्यालेण्डर बनाएर काम गरेजस्तै सरकारले पनि सोहीअनुसारको व्यवहार र काम गर्न सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडका कारण समस्यामा परेका लघु, साना तथा मझौला उद्योगका लागि थप राहतका कार्यक्रम ल्याउन सरकारको ध्यानकर्षण गराए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको व्याजदर एकल अंकको रहने नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले १० वर्ष अवधि पूरा भएपछि संस्थापक सेयरलाई साधारणमा परिणत गर्ने व्यवस्थालाई सरलीकृत गर्न माग गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x