Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रसारण लाइन नबन्दा सिँगटी हाइड्रोको २५ मेगावाट विद्युत् खेर जाने अवस्थामा

प्रसारण लाइन नबन्दा सिँगटी हाइड्रोको २५ मेगावाट विद्युत् खेर जाने अवस्थामा

दोलखा, २४ फागुन । २५ मेगावाट क्षमताको सिंगटीखोला जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था आएको छ । आयोजनाको विद्युत् उत्पादन परीक्षण सफल भए पनि प्रसारण लाइन नबन्दा राष्ट्रिय प्रणालीमा जोड्न सकिएको छैन ।

उत्तरी दोलखाको सिंगटी खोलामा निर्मित आयोजनाको विद्युत्गृह, हेडवक्र्स, टनेल, पेनस्टक लगायत भौतिक संरचनाको परीक्षणपछि केही दिन अघिदेखि गरिएको विद्युत् उत्पादनको परीक्षण सफल भएको छ । यद्यपि सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माण नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था आएको आयोजना प्रमुख मनहरि सापकोटाले बताएका छन् ।

यसका लागि सिँगटी–लामासाँघु प्रसारण लाइन अन्तर्गत १२५ वटा टावर निर्माण गरी ४० किलोमिटर डबल सर्किट तार तान्नुपर्नेमा निर्मित ११७ ओटा टावरमा ३१ किलोमिटर सिंगल सर्किट तार तान्ने काम समाप्त भएको आयोजना प्रमुख राजन ढुंगेलको भनाइ छ । जग्गा विवादका कारण लामो समयसम्म बन्न नसकेका ८ ओटा टावरको जग निर्माण सम्पन्न भइसकेकाले अब कामले गति लिने अपेक्षा गरिएको उनले बताए ।
४ अर्ब ६३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० ओटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा १ अर्ब ४५ करोड रुपैयाँ स्वपूँजी लगानी छ ।

सो आयोजनाले १२ दशमलव ५ मेवा क्षमताका दुईओटा जेनेरेटरबाट २५ मेवा विद्युत् उत्पादन गरेको प्रवद्र्धक सिँगटी हाइड्रो इनर्जी लिमिटेडले बताएको छ । आयोजनाले स्थानीय प्रभावितलाई शेयर वितरण गरिसकेको छ भने सर्वसाधारणका लागि आगामी चैत ६ गतेदेखि आईपीओ विक्री गर्न लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x