Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ऊर्जा क्षेत्रमा बढ्यो लगानी प्रतिबद्धता

ऊर्जा क्षेत्रमा बढ्यो लगानी प्रतिबद्धता

काठमाडौं, १५ चैत । मुलुकको ऊर्जा क्षेत्रमा आउने लगानी प्रतिबद्धता रकम बढेको छ । उद्योग विभागका अनुसार चालू आवको आठ महिनाको अवधिमा ऊर्जाका उद्योग स्थापनाका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताले ९२ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ स्वीकृत गराएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १२ अर्ब रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षका फागुन मसान्तसम्ममा लगानीकर्ताले ऊर्जा क्षेत्रमा ८० अर्ब ७९ करोड ३७ लाख रुपैयाँ लगानी विभागमा स्वीकृत गराएका थिए । चालू आर्थिक वर्षको ८ महिनामा ऊर्जा क्षेत्रमा आएको लगानी प्रतिबद्धता १९ उद्योग स्थापनाका लागि हो ।

विभागमा फागुन मसान्तसम्ममा स्वीकृत लगानीमा पनि ऊर्जा क्षेत्रको हिस्सा सबैभन्दा बढी हो । ऊर्जापछि उत्पादनमा ९ अर्ब ११ करोड, पर्यटनमा ६ अर्ब ४३ करोड ६९ लाख, सेवामा ३ अर्ब ८६ करोड ३४ लाख, कृषि तथा वन पैदावरमा ३ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ लगानी स्वीकृत भएको छ । सोही अवधिमा खनिजमा १२ करोड ३४ लाख, पूर्वाधारमा १ अर्ब ५७ करोड ४४ लाख र सूचना, सञ्चार तथा प्रविधिमा ६५ करोड लगानी विभागबाट स्वीकृत गराइएको छ ।

लगानीकर्ताले फागुन मसान्तसम्ममा कुल १ खर्ब १९ अर्ब १९ अर्ब ९३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति गराएका छन् । १३६ वटा उद्योग स्थापनाका लागि उक्त लगानी स्वीकृत भएको र उद्योग स्थापनापछि ७ हजार ९५४ जनाले रोजागरी पाउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x