Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सन्राइज बैंकको ई–कार्ड संचालनमा

सन्राइज बैंकको ई–कार्ड संचालनमा

काठमाडौं, १७ चैत । सन्राइज बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग अन्तर्गत ई–कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार सन्राइज ई–कार्ड संचालनमा ल्याएको हो ।

नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यका साथ बैंकले ई–सेवा सञ्चालनमा ल्याएको बताएको छ ।

सो सुुबिधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो ई–कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिने छ ।

आफ्नो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ । सो ई–कार्ड प्रयोग गरि अनलाईनबाट प्रवाह हुने सुुबिधाहरु जस्तै युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्ज लगायत सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न पनि सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x