Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, १८ चैत । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले बुधवार दक्षिण एशियाली क्षेत्रको कुल गार्हस्थ्य उत्पादनबारे नयाँ प्रक्षेपणसहित नेपालको आर्थिक वृद्धिदरबारे पनि उक्त प्रक्षेपण गरेको हो ।

विश्व बैंकले यसअघि गत जनवरी र सन् २०२० को अक्टोवरमा गरेका पूर्वानुमानमा समेत संशोधन गरेको छ । नयाँ संशोधन अनुसार नेपालको आर्थिक वृद्धिदर अपेक्षित भन्दा चाँडो सुधार भएको पाइएको छ । जनवरीमा आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर १.४ प्रतिशत रहने अनुमान गरिएकोमा बैंकले यसमा संशोधन गर्दै ३.९ प्रतिशतसम्म वृद्धिदर रहने प्रक्षेपण गरेको छ । यस्तै आर्थिक वर्ष २०७९÷८० मा भने नेपालले ५.१ प्रतिशतको वृद्धिदर कायम गर्न सक्ने उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x