पोखरामा नबिलको पहिलो प्रादेशिक कार्यालय

काठमाडौं, १ चैत्र । नबिल बैंकले पोखरा स्थित न्यूरोड शाखाको ४ नं. प्रादेशिक कार्यालय तथा तालचोक, बगर र अमरसिंहचोकमा नया“ शाखाहरुको औपचारिक उद्घाटन ग्ँरेको छ । उक्त ४ नं. प्रदेशको प्रादेशिक कार्यालयको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर श्री मान बहादुर जि.सी.तथा बैंकका संचालक समितीका अध्यक्ष श्री शम्भु प्रसाद पौड््यालले संयुक्त रुपमा गर्नु भएको थियो । साथै बैंकका अध्यक्ष पौड््यालले तालचोक, बगर र अमरसिंहचोक स्थित थप नयाँ शाखाहरुको पनि सोहि दिनमा उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर श्री मान बहादुर जि.सी.ले भन्नुभयो ‘नबिल बैंकको प्रादेशिक कार्यालय र थप ३ नयाँ शाखाहरु सहित पोखरामा बैंकले ५ वटा शाखाहरुबाट सेवा प्रदान गर्ने भएकोमा हामीलाई अत्यन्त खुशी लागेको छ । बैंकले दिने सेवा सुविधाहरुबाट पोखराको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास हामीले लिएका छौैं ।’

उक्त अवशरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ‘बैंकको थप नया“ शाखाहरुबाट ग्राहक महानुभावहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नु हुनेछ । देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न Ôेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न Ôेत्रका आङ्खनो शाखा कार्यालयको सजांल बढाउ“दै लगिरहेको छ । ’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *