एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ
काठमाडौं, २२ चैत । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा खालिङलाई नियुक्त गरेको हो। उनी एभरेष्ट बैंकमा पहिलो नेपाली प्रमुख कार्यकारीको रुपमा नियुक्त भएका हुन् । यस अघि भारतीय नागरिक एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेदै आएका थिए ।
चार बर्षका लागि नियुक्त भएका गजेन्द्रकुमार नेगी शुक्रबारसम्म बैंक नेतृत्वमा रहने छन् ।
खालिङ सिटिजन्स बैंकको संचालक समिति सदस्य हुन् । त्यसअघि उनी लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए। उनले ब्रैंकिङ क्षेत्रमा ३३ बर्षदेखि काम गर्दै आएका छन् ।