Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ह्वात्तै बढ्यो वाणिज्य बैंकहरूको निक्षेप संकलन, निक्षेपकै हाराहारीमा कर्जा प्रवाह

ह्वात्तै बढ्यो वाणिज्य बैंकहरूको निक्षेप संकलन, निक्षेपकै हाराहारीमा कर्जा प्रवाह

काठमाडौं, २३ चैत । वाणिज्य बैंकहरूको निक्षेप संकलन ह्वात्तै बढेको छ । यससँगै कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता रहँदै आएकोमा चैत तेस्रो सातामै वाणिज्य बैंकहरूमा ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

नेपाल बैंकर्स संघले आइतवार सार्वजनिक गरेको तथ्यांकले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा उक्त परिमाणमा निक्षेप वृद्धि भएको देखाएको हो । यससँगै बैंकहरूको कुल निक्षेप संकलन ३८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता यो ३८ खर्ब ५० अर्ब रुपैयाँ थियो । सो साता १० रुपैयाँले निक्षेप वृद्धि भएको थियो ।

चैत तेस्रो साता वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि निक्षेप संकलनकै हाराहारीमा बढेको छ । सो अवधिमा ३९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । यससँगै कुल कर्जा प्रवाह ३५ खर्ब १ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांक छ । अघिल्लो साता बैंकहरू कर्जा प्रवाहमा २८ अर्ब वृद्धि भएर कुल कर्जा प्रवाह ३४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x