Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आगामी आवमा कृषि क्षेत्रको बजेट घट्ने

आगामी आवमा कृषि क्षेत्रको बजेट घट्ने

काठमाडौं, २४ चैत । आगामी आर्थिक वर्ष (आव)मा मुलुकको कृषि क्षेत्रको बजेट घटेर आउने भएको छ । आगामी आवका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटको सिलिङ चालू आवको भन्दा १ अर्ब १७ करोड रुपैयाँले घटाइएको छ । चालू आवको बजेट भन्दा कम सिलिङ तोकेपछि कृषिमा आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गर्न बजेटले नपुग्ने भन्दै कृषि मन्त्रालयले अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको मन्त्रालय स्रोतले बताएको छ ।

राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई आगामी आवका लागि ३६ अर्ब २३ लाख रुपैयाँको सिलिङ दिएको हो । चालू आवमा मन्त्रालयको बजेट ३७ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

सरकारले कृषि वस्तुको आयात प्रतिस्थापन गरी स्थानीय उत्पादनलाई जोड दिने बताए पनि बजेट न्यून हुँदा नयाँ कार्यक्रम ल्याउन नसकिएको मन्त्रालयले बताएको छ । रासायिनक मल खरिद र प्रधानमन्त्री कृषि परियोजनाका लागि बजेट अघिल्ला वर्षकै हाराहारीमा राखिए पनि अन्य कार्यक्रमका लागि भने घटाइएको छ ।

आगामी आवमा रासायनिक मल खरिदका लागि ११ अर्ब ५० करोड, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ३ अर्ब २१ करोड ५२ लाख र समावेशी कृषि रुपान्तरण कार्यक्रम–ग्रामीण उद्यम तथा आर्थिक विकास कार्यक्रमको लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट सिलिङ तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x