Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

राष्ट्रिय प्रणालीमा जोडियो माथिल्लो चाकु ‘ए’ आयोजनाको विद्युत्

राष्ट्रिय प्रणालीमा जोडियो माथिल्लो चाकु ‘ए’ आयोजनाको विद्युत्

सिन्धुपाल्चोक, २५ चैत । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । निर्माण सम्पन्न एवं परीक्षण उत्पादन सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युत् मंगलवारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावर लिमिटेडले बताएको छ ।

एक सातापछि व्यावसायिक उत्पादन शुरू गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिए । प्रतिमेगावाट २२ करोड लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ ।

नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फुल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सुरुङमार्ग तीन हजार ३०० मिटर रहेको छ । अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मार्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्मण गरी आयोजनास्थलदेखि २२ किलोमिटर लामो प्रसारण लाइन मार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x