Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेडको अस्पताल निर्माण गर्ने

सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेडको अस्पताल निर्माण गर्ने

काठमाडौं, २५ चैत । सर्वोत्तम समेन्टले नवलपरासीमा १५ बेडको अस्पताल निर्माण गर्ने भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनवल नगरपालिकामा १५ बेडको अस्पताल बनाउने प्रतिबद्धता–पत्र प्रदान गरेको हो ।

सुनवलमा भएको एक कार्यक्रममा करिब ४ करोडको लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका हातबाट सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीले ग्रहण गरे ।

यस्तै सोही अवसरमा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन गरिएको छ। उक्त अत्यधुनिक कक्षमा २५ बेड सहित ३ वटा आईसियू तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x