Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रुरु जलविद्युतको आइपीओ बाँडफाँड

रुरु जलविद्युतको आइपीओ बाँडफाँड

काठमाडौं, ३ बैशाख । रुरु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँड गरेको हो ।

आवेदन दिएका मध्ये ३७ हजार ९ सय १६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी रहेको ७ कित्ता भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ ।

रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको छ । कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १ सय २० रुपैयाँको दरमा कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x