Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

२५ औद्योगिक ग्राम निर्माण प्रक्रियामा, १३ वटालाई बजेट प्रवाह गरिँदै

२५ औद्योगिक ग्राम निर्माण प्रक्रियामा, १३ वटालाई बजेट प्रवाह गरिँदै

काठमाडौं, ८ वैशाख । चालू आर्थिक वर्षमा सरकारले घोषणा गरेका १३० वटा औद्योगिक ग्राममध्ये २५ वटाको निर्माण प्रक्रिया अघि बढेको छ । साथै यसमध्ये १३ वटाका लागि बजेटको व्यवस्था समेत गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

चालू आर्थिक वर्षमा औद्योगिक ग्राम निर्माणका लागि स्थानीय तहलाई करिब १२ करोड रुपैयाँ प्रदान गरिने मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार १३ वटा औद्योगिक ग्राम निर्माणका लागि ११ करोड ९६ लाख रुपैयाँँ प्रवाह गर्न लागिएको छ । स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलुृ तथा साना उद्योगमा लगानी वृद्धि गर्ने उद्देश्यअनुरुप सरकारले औद्योगिक ग्राम स्थापनाको अवधारणा अघि बढाएको हो ।

सरकारले आगामी आर्थिक वर्षमा पनि थप औद्योगिक ग्रामको घोषणा गर्ने भएको छ । मन्त्रालयले थप १५ वटा औद्योगिक ग्राम घोषणा गर्न मन्त्रिपरिषद्समक्ष प्रक्रिया अघि बढाउन लागेको बताएको छ ।

मन्त्रालयले यसअघि आर्थिक वर्ष २०७५÷७६ मा हरेक प्रदेशमा कम्तीमा पनि २० वटा औद्योगिक ग्राम बनाउने योजना ल्याएको थियो । साथै औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ समेत निर्माण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x