Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बुधबार नेप्से परिसूचक ३२ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ३२ अंकले घट्यो

काठमाडौं, ८ वैशाख । बुधबार (आज) शेयर बजार मापक नेप्से परिसूचक ३२.४१ अंक घटेको छ । आज परिसूचक १.२२ प्रतिशतले घटेर २६३२.२० विन्दुमा रोकिएको हो ।

२१४ कम्पनीको १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर ५ अर्ब ७७ करोड २२ लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो । सर्वाधिक मुल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेडको २५ करोड ४५ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
सर्वाधिक शेयर मूल्य वृद्धि ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट लिमिटेड र हिमाल दोलाखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x