Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दमकल सेवामा महिला सहभागिता न्यून

दमकल सेवामा महिला सहभागिता न्यून

मानमती पाण्डेय
काठमाडौं, ५ चैत । नेपालका हरेक क्षेत्रमा पुरुषको तुलनामा महिला सहभागिता अत्यन्तै न्यून छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्था, स्कुल, अस्पताल प्रशासन लगयतका क्षेत्रमा महिलाहरुको उपस्तिथी बढ्दै गएपनि नेतृत्वदायि भूमिकामा भने ज्यादै न्यून नै छन् ।
तर करिव ८ दशक परा गरिसकेको दमकल सेवामा भने महिलाको सहभागिता प्रायः शुन्य नै छ । उपत्यकामा जम्मा जुद्ध वारुण यन्त्रमा महानगरका तर्फबाट १२, शसस्त्र प्रहरीबाट १२ र गृहमन्त्रालय अन्र्तगत ११ गरी जम्मा ३५ जना कर्मचारी रहेका छन् । तर अहिले सम्म महिला अग्नी नियन्त्रक छैनन् ।

बार्षिक रुपमा ३ सय ५० देखि ४ सयको हाराहारीमा विभिन्न प्रकारका आगलागी हुने गरेको पाइन्छ । उपत्यकाको जुद्ध वारुण यन्त्रले समय समयमा विद्यार्थी गृहणी लगायत सर्वसाधारणलाई विभिन्न प्रशिक्षण र जनचेतनामुलक कार्यक्रम गर्ने पनि गरेको छ। भान्साको काम गर्दा विशेष गरी ग्यास र इलेक्ट्रिक काम गर्दा सजकता अपनाउनु पर्ने भएकाले सो तालिम आवश्यक रहेको काठमाण्डौँ नगरपालिका जुद्ध वारुण यन्त्रका प्रमुख बद्रिमान नगरकोटीले बताए । यस्ता तालिमहरु महिलाका लागि गरिए पनि अग्नी नियन्त्रकका रुपमा महिला नहुँदा महिलाहरु नै बढि समस्या पर्ने गरेका छन् । काठमाण्डौँ जस्तो सहरमा अझै पनि दमकल सेवाबारे मानिसहरु अनविज्ञ हुदाँ वा यस पेशाप्रति महिलाहरु सकारात्मक दृष्टिले हेरुनु पर्ने जरुरी देखिन्छ ।

अहिले सम्म महिला अग्नि नियन्त्रका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा २ जना महिला अग्नि नियन्त्रक छन् । उनीहरुले यो कार्य जति नै जोखिपूर्ण भए पनि विपद्मा महिलाहरु पनि सक्रिय रुपमा काम गर्न सक्छन् भन्ने उदाहरण पेश गरिरहेका छन् ।
दक्ष जनशक्तिको कमि भएको यस क्षेत्रमा उपत्यकाकै लागि अझै थप १५ जना जनशक्तिको आवश्यक छ । त्यसमा पनि विशेष गरि महिला सहभागिताको खाचो औल्याइएको छ। विपद्का समयमा विशेषगरी महिलालाई उद्दार गर्नु परे महिला उद्दारकर्मी नै खोज्ने गरेको र उद्दारका लागी पुरुष जाँदा असहज महशुस हुने सर्वसाधारणको भनाइ रहने गरेको वारुण यन्त्रका प्रमुख नगरकोटीले बताए ।

सुरक्षा प्रविधि प्रयाप्त मात्रामा उपलब्ध गराई सरकारले आवश्यक दरवन्दी पुर्ति गर्ने र अग्नी नियन्त्रक सामग्री उपलब्ध गराइ नयाँ प्रविधीको ज्ञान भएका अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम प्रदान गरि महिलालाई पनि यस कार्यमा अझ बढी सक्षम बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x