निषेधाज्ञाले रोकिएका पर्यटकको उद्धार गर्न पर्यटन बोर्डद्वारा सञ्चार सेल गठन
काठमाडौं, २३ वैशाख । नेपाल पर्यटन बोर्डले कोरोना निषेधाज्ञाका क्रममा विभिन्न भागमा रहेका पर्यटकको उद्धार तथा समन्वयका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ। सेलमार्फत गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौं ल्याउनेछ भने नेपाल भारत एयर बबल सम्झौताअनुरुप भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टिन व्यवस्थापन र अनुगमन लगायतका काममा सहजीकरण गर्ने जनाइएको छ।
बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटक कतै अलपत्र पर्न नपरोस तथा अन्य सरोकारवाला निकायले समेत आवश्यक परेको समयमा सूचना गर्न सकून भनेर हटलाइन, मेल तथा वेब पनि सञ्चालनमा ल्याएको छ। बोर्डले सञ्चालन गरेको हटलान नम्बर ९८५१२५२६६६ रहेको छ।