तेस्रो त्रैमासमा युनाइटेड इन्स्योरेन्सको नाफामा उछाल
काठमाडौं, २५ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको नाफामा उछाल आएको छ । गत आवको तेस्रो त्रैमासमा १ करोड २१ लाख ३० हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड २७ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा २०४ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ३ करोड २२ लाख रुपैयाँ आम्दानी गरेकोमा चालू आवको तेस्रो त्रैमासमा आम्दानी वृद्धि भएर ९ करोड ८२ लाख रुपैयाँ पुगेको हो ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८७ करोड ८६ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ५१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको छ भने कम्पनीले जगेडामा ११ करोड १८ लाख ७२ हजार रुपैयाँ सञ्चित गरेको छ ।