Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुदूरपश्चिमको महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न चार करोड निकासा

सुदूरपश्चिमको महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न चार करोड निकासा

बिबेक नागरी
धनगढी, ३० वैशाख । महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले ४ करोड रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले दुई सय शैयालाई पुग्ने अक्सिजन प्लान्ट जडानका लागि आज चार करोड रुपैयाँ थप बजेट बिनियोजन गरेको हो ।

उक्त बजेटका लागि सांसद निरुदेवी पालले पहल गरेकी थिइन् । छिमेकी मुलुक भारतसँग खुल्ला सिमाना रहेको कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन सहितका सेवा दिनुपर्ने बिरामीहरु बढिरहेको र अक्सिजन प्लान्ट नभएकाले उपचारमा कठिनाई भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयलाई बजेट विनियोजनबारे जानकारी गराउँदै लिक्युड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट जडान गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा चार करोड रुपैयाँ थप निकासा गरिएको उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x