Shangrila

शाओमीद्वारा नेपालमा पोको एक्स ३ प्रो लन्च

काठमाडौं, २ जेठ । पोको, इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आज आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को लन्च गरेको छ।

योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको बताइएको छ।
शाओमी नेपालकाकन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले पहिलो फोन,पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पफर्मेन्स च्याम्पियन बन्न सफल भएको बताए ।

६ जीबी+१२८ जीबीको भेरियन्टको नेपाली मूल्य ३१ हजार ९ सय ९९र ८ जीबी+२५६ जीबीको भेरियन्टको नेपाली मूल्य ३६ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *