Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

अत्यावश्यक खाद्यवस्तुको मौज्दात पर्याप्त

अत्यावश्यक खाद्यवस्तुको मौज्दात पर्याप्त

काठमाडौं, ५ जेठ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको दोस्रो लहर भयावह बनेसँगै करिब मुलुकभर लागू गरिएको निषेधाज्ञा अवधिमा अत्यावश्यक खाद्यवस्तुको सहज आपूर्ति भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । मन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्यांकले दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको देखाएको छ ।

मन्त्रालयका अनुसार हाल मुख्य खाद्यवस्तु चामल १ लाख ४ हजार ८८४ क्विन्टल मौज्दात रहेको छ । यसैगरी १ लाख ५९ हजार १५१ क्विण्टल र गहुँ १२ हजार ६६६ क्विण्टल गरी कुल खाद्यान्न २ लाख ७६ हजार ७४६ क्विण्टल मौज्दात रहेको छ । साथै ५ हजार मेट्रिक टन (मेटन) चामल बोलकबोल माध्यमबाट खरिद हुने क्रममा रहेको मन्त्रालयले बताएको छ ।

यसैगरी आयोडिन युक्त नून १ लाख लाख ५३ हजार ३३ मेट्रिक टन र चिनी ५० हजार ९२३ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयको तथ्यांक छ ।
पेट्रोलियम पदार्थतर्फ हाल नेपाल आयल निगमसँग पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी कुल ५१ हजार ५६६ किलोलिटर रहेको उल्लेख छ । यस्तै खाना पकाउने ग्यास जेठ २ गतेसम्ममा १० हजार ९५० मेट्रिक टन आयात भएकाले विक्रीवितरणमा समस्या नभएको मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x