Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेप्से परिसूचक २८०० विन्दु पार, ११ अर्ब ६९ करोडभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक २८०० विन्दु पार, ११ अर्ब ६९ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं, ९ जेठ । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक २८०० विन्दु पार गरेको छ । परिसूचक ३२.८१ अंकले वृद्धि भएर २८२०.०० विन्दुमा पुगेको हो ।

आज २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर ११ अर्ब ६९ करोड ५० लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

आज १० प्रतिशतले शेयर मूल्य वृद्धि कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यी बैंकको शेयर मूल्य २८६ र २७५ रुपैयाँ कायम भएको छ । १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ४१ करोड ८६ लाख ४४ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको शेयर मूल्य १ हजार ६८७ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक घटेको छ भने बाँकी रहेका समूहको परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x