Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१ करोड ८० लाखभन्दा बढी कित्ता आईपीओ पाइपलाइनमा

१ करोड ८० लाखभन्दा बढी कित्ता आईपीओ पाइपलाइनमा

काठमाडौं, १२ जेठ । धितोपत्र बजारमा चारवटा हाइड्रोपावर र एउटा लघुवित्तको गरी थप पाँच कम्पनीको १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सर्वसाधारण शेयर (आईपीओ) निष्कासनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा साहस ऊर्जा लिमिटेड, सयपत्री हाइड्रोपावर कम्पनी, उपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दीखोला जलविद्युत् कम्पनी रहेको छ । यी कम्पनीहरूको कुल १ अर्ब ८० करोड ५३ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १ करोड ८० लाख ५३ हजार १७९ कित्ता शेयर निष्कासनमा आउने प्रक्रियामा छ ।

उक्त कम्पनीमध्ये सबैभन्दा बढी शेयर साहस ऊर्जा कम्पनीको रहेको छ । कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर विक्रीमा ल्याउन लागेको हो । यी कम्पनीका विक्री प्रबन्धकमा क्रमशः एनएमबि क्यापिटल लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छन् । यसैगरी अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ करोड ७ लाख ५० हजार रुपैयाँको ३३ लाख ७ हजार ५०० र दोर्दीखोला जलविद्युत् कम्पनीको २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ९१ हजारभन्दा बढी कित्ता शेयर स्वीकृत हुने चरणमा छन् । यी कम्पनीका विक्री प्रबन्धकमा क्रमशः एनएमबि क्यापिटल लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छन् ।

साथै सयपत्री हाइड्रोपावरले ९ लाख र मानुषी लघुवित्त वित्तीय संस्थाले ३ लाख ९३ हजारभन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा छन् । जसको विक्री प्रबन्धकमा क्रमशः एनआईबिएल एस क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । बोर्डद्वारा स्वीकृति प्राप्त भएपछि कम्पनीहरुले आईपीओ निष्कासनको मिति तय गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x