नेपाल हस्तकला महासंघद्वारा विभिन्न स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, १५ जेठ । नेपाल हस्तकला महासंघले परोपकार प्रसूति तथा स्त्रीरोग अस्तपाल, शुक्रराज टपिकल तथा सरुवारोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान (पाटन अस्पताल) लाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । यी ती अस्पताललाई महासंघले पिपिई सेट, फुट कभर, ग्लोभ्स, सर्जिकल मास्क, फेस शिल्ड र सेनिटाइजर सहयोग गरेको हो ।
महासंघका अध्यक्ष सुरेन्दभाई शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य लगायत कार्यसमिति सदस्य जीवन शाक्य, सबिता सिं, राजेन्द्र शाक्य, विक्रम सिं महर्जनले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालकी प्रशासकीय अधिकृत रानु थापालाई, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सागर राजभन्डारी र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देशक रवि शाक्यलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
महासंघले ललितपुर महानगरपालिका कार्यालय र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयलाई पनि पिपिई सेट लगायत स्वास्थ्य सामग्री सहयोग गरेको छ । यसअघि महासंघले क्षेत्रपाटी निःशुल्क चिकित्सालय र ललितपुर स्थित च्यासल, नागबहाल, पुल्चोकको अक्षेश्वरमहाविहार लगायत चाकुपाट–१२ वडामा रहेका आइसोलेसन सेन्टरहरूमा पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । महासंघले जम्मा १००० थान फुट कभर, १८० बक्स ग्लोभ्स, १० हजार वटा सर्जिकल मास्क, २०० पिस एन ९५ मास्क, १ हजार थान फेस शिल्ड, १०० थान पिपिई सेटर ४० जार सेनिटाइजर सहयोग गरेको बताएको छ ।