Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

९ प्रतिशत व्याज दिने सांग्रिला बैंकको डिवेञ्चर बिक्री असार ६ गतेदेखि हुने

९ प्रतिशत व्याज दिने सांग्रिला बैंकको डिवेञ्चर बिक्री असार ६ गतेदेखि हुने

काठमाडौं, २८ जेठ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ । बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्कासन गर्न लागेको हो ।

असार ६ गतेदेखि निष्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई रु. १००० दरमा किन्न पाइनेछ ।

कुल निष्कासन हुने ७ लाख ५० हजार कित्ता डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री गरिनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x