Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अत्यावश्यक खाद्य वस्तुको मौज्दात पर्याप्त

अत्यावश्यक खाद्य वस्तुको मौज्दात पर्याप्त

काठमाडौं, ३० जेठ । कोभिड नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा अवधिमा पनि आपूर्ति व्यवस्था सहज भएकाले अत्यावश्यक खाद्य वस्तुको मौज्दात पर्याप्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार सरकारी कम्पनीहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य वस्तुको विक्री वितरण सहज रूपमा हुनुका साथै यस्ता वस्तुको मौज्दात समेत पर्याप्त रहेको छ ।

मन्त्रालयका अनुसार गत शुक्रवार (जेठ २८) गतेसम्ममा खाद्य व्यवस्था कम्पनीसँग कुल खाद्यान्न २ लाख ६६ हजार ७६८ क्विन्टल मौज्दात छ, जसमध्ये चामल मात्रै १ लाख ८ हजार ७७१ क्विन्टल रहेको छ । यस्तै धान १ लाख ४५ हजार ११८ क्विन्टल र गहुँ १२ हजार ७९ क्विन्टल मौज्दात रहेको तथ्यांक छ ।

यसैगरी साल्ट ट्रेडिङसँग आयोडिन युक्त नून १ लाख ५० हजार ४८० मेट्रिक टन र चिनी ६६९ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निजीक्षेत्रसँग २१ हजार ५७ मेट्रिक टन चिनी स्टक रहेको छ ।

खाद्य व्यवस्था कम्पनीले हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै अनलाइन विक्रीवितरणलाई प्राथमिकता दिएको छ । उपभोक्तालाई सर्वसुलभ रूपमा चामल, दाल, तेल चक्रपथभित्र उपलब्ध गराउन विक्रीकेन्द्र र अनलाइनमार्फत विक्रीवितरणको व्यवस्था गरिएको छ । यसैगरी साल्ट ट्रेडिङले पनि आफ्ना विक्रीकेन्द्रमार्फत विक्रीवितरण गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x