Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक नयाँ उचाईमा, १८ अर्बभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक नयाँ उचाईमा, १८ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, ३१ जेठ । सोमबार नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक ४२.७२ अंकले वृद्धि भएर ३०२५.८३ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
आज नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको भएपनि कारोबार रकम भने घटेको छ । हिजो (आइतबार) कारोबार रकम र नेप्से परिसूूचकले नयाँ रेकर्ड बनाएका थिए ।

आज १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । हिजो १९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

२२१ कम्पनीको ३ करोड ५० लाख २७ हजारभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री अरुण भ्याल्ली हाड्रपावर डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीको भएको छ । यो कम्पनीको ६२ करोड ५९ रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x