Shangrila

जीवन विकास लघुवित्तलाई आईपीओ निष्कासनका लागि अनुमति

काठमाडौं, १ असार । नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई सर्वसाधारणका लागि १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ विक्री गर्न जेठ ३० गते अनुमति दिएको हो ।

आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी ४१ करोड ६ लाख ७० हजार रहेको छ ।

कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीले सर्वसाधारणमा ६७ दशमलव ५० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *