Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोनाबाट निको हुने दर बढ्दै, १.६ प्रतिशतमा झर्यो मृत्युदर

कोरोनाबाट निको हुने दर बढ्दै, १.६ प्रतिशतमा झर्यो मृत्युदर

काठमाडौं, ४ असार । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण पछिल्ला दिनहरूमा क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो हप्ता संक्रमणमुक्त हुने दर बढेको छ भने मृत्यदुर घट्दै गएको छ ।

पछिल्लो चौबीस घण्टाको तथ्यांकको विश्लेषण गर्दा कोरोनाबाट निको हुने दर ८८.६ प्रतिशत पुगेको छ भने मृत्यदुर घटेर १.६ प्रतिशत आइपुगेको छ ।

एक महिनाअघिको दैनिक संक्रमण तथा मृत्युदरको अवस्थासँग तुलना गर्दा कोरोना संक्रमण ह्वात्तै घटेको देखिन्छ । जेठ ३ गते एकै दिन ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएकोमा एक महिनापछि अर्थात् असार ३ गते (बिहीवार) १ हजार ७६८ जनामा मात्र संक्रमण भएको छ । यस्तै जेठ घ गते कोभिडबाट २१४ जनाको ज्यान गएको थियो भने असार ३ गते ३९ जनाको मात्र मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३२ लाख ४८ हजार १० जनाको कोभिड परीक्षण (पीसीआर) भएकोमा ६ लाख १५ हजार ९८४ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ५ लाख ४५ हजार ६६२ जना निको भएका छन् । कोभिडबाट हालसम्म ८ हजार ५९७ जनाको मृत्यु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x