Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

एक हप्तापछि शेयर बजारमा हरियाली, नेप्से परिसूचक ७९ अंकले वृद्धि

एक हप्तापछि शेयर बजारमा हरियाली, नेप्से परिसूचक ७९ अंकले वृद्धि

काठमाडौं, ८ असार । लगातार घट्दै आएको शेयर बजार एक हप्तापछि उच्च अंकले वृद्धि भएको छ । मंगलबार (आज) नेप्से परिसूचक ७८.८९ अंक वृद्धि भएर २९१३.८४ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएर बन्द भएको छ । परिसूचक सर्वाधिक वृद्धि विकास बैंक समूह र हाइड्रोपावर समूहको भएको छ । यी समूहको परिसूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

२२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार कित्ताभन्दा बढी कित्ता शेयर १० अर्ब २८ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । १० प्रतिशतले शेयर मूल्य वृद्धि ५ वटा कम्पनीको भएको छ । त्यस्तै २८ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । १० प्रतिशत शेयर मूल्य वृद्धि हुनेमा जानकी फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपिपावर कम्पनी लिमिटेड र पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको १ अर्ब ४९ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य १७७८ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x