जीवन विकास लघुवित्तको आइपीओ बिक्री खुला

काठमाडौं, ११ असार । जीवन विकास लघुवित्तले आजदेखि आइपीओ बिक्री खुला गरेको छ । १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

यसमध्ये ०.५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । असार १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै बिक्री नभएमा असार २५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसको एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *