Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सेयर बजारमा ५१ अंकको गिरावट, परिसूचक ११६८ बिन्दुमा

सेयर बजारमा ५१ अंकको गिरावट, परिसूचक ११६८ बिन्दुमा

काठमाडौं, १२ चैत । साताको पहिलो कारोबार दिन सोमबार सेयर ५१.८९ अंकले घटेको छ । बजार खुलेको ३० मनिटमै ३० अंकले घटेपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पनि क्रमश घटेको बजार ११६८.५५ बिन्दुमा झरेर बन्द भयो ।

सो दिन कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेको छ । ३८३.९२ अंक सहित बीमा समूहको परिसूचक सबैभन्दा बढी अंकले घटेको छ। त्यस्तै माइक्रोफाईनान्स ७५.५२, उत्पादन तथा प्रशोधन समूहको ६०.९५, हाइड्रोपवार समूहको ६९.४९ अंकले घटेको छ ।

बाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बनेपछि बजार निरन्तर घटिरहेको छ । नयाँ सरकार बनेपछिको यो अवधीमा मात्र बजार २०० भन्दा बढी अंकले घटिसकेको छ । आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लहडमा लगानी नगर्न आग्रह गरेका थिए । सेयर बजार घटबढ हुनु स्वभाविक भएको बताएका छन् । तर केही लगानीकर्ताहरुले भने मन्त्री खतिवडाको अभिव्यक्तिकै कारण बजार घटेको भन्दै आज पनि आलोचना गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x