Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सोमबार नेप्से ५.११ अंकले बढ्यो

सोमबार नेप्से ५.११ अंकले बढ्यो

काठमाडौं, १४ असार । सोमबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । नेप्से ५.११ अंकले बढेर २८७५ मा रोकिएको छ।

सोमबार कारोबारमा आएका १३ समूह मध्ये बैंकिङ, होटल एन्ड टूरिजम, माइक्रोफाइनान्स, जीवन बीमा, म्यूचुअलफन्ड र इन्भेष्टमेन्ट समूहको परिसूचक बढेपछि अरु भने घटेको छ । यस्तै कारोबार पनि २ सय १९ कम्पनीको ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको भएको छ।

त्यसमा सबैभन्दा धेरै हिस्सा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको छ । यसको ६६ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै धेरै कमाउँनेमा भने सबैको लघुवित्त वित्तीय संस्था रहेको छ । लघुवित्तको शेयर मूल्य ८.१७ प्रतिशतले बढेको छ । गुमाउँनेमा कम्पनीहरुको सूचीमा भने अग्रस्थानमा बेष्ट फाइनान्स कम्पनी छ । फाइनान्सको शेयर मूल्यमा भने ५.४८ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x