Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

५० प्रतिशत पनि पुगेन पूँजीगत खर्च, १५ दिनमा १ खर्ब ९३ अर्ब खर्चनुपर्ने चुनौती

५० प्रतिशत पनि पुगेन पूँजीगत खर्च, १५ दिनमा १ खर्ब ९३ अर्ब खर्चनुपर्ने चुनौती

काठमाडौं, १५ असार । चालू आर्थिक वर्ष सकिन अब १५ दिन मात्र बाँकी रहँदा सरकारको विकास लक्षित पूँजीगत खर्च भने कुल विनियोजनको आधा पनि हुन सकेको छैन । महालेख नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सोमवारसम्म्म (असार १४ गते)सम्ममा पूँजीगत खर्च प्रगति ४५.१८ प्रतिशत मात्र रहेको छ ।

विगतका वर्षमा ‘असारे विकास’का कारण आवको अन्त्यतिर धमाधम पूँजीगत खर्च भएर समग्रमा खर्च प्रगति देखिने गरे तापनि यस वर्ष मनसुनको तीव्र प्रभाव, कोभिड महामारी, निषेधाज्ञा लगायत कारण विकासका कामले गति लिन सकेको छैन, जसले गर्दा बाँकी १५ दिनमा पनि पूँजीगत खर्चले फड्को मार्ने देखिएको छैन ।

महालेखाका अनुसार सोमवारसम्ममा पूँजीगततर्फ कुल विनियोजनमध्ये १ खर्ब ५९ अर्ब ४४ करोड ९० लाख रुपैयाँ खर्च भएको हो । चालू आवमा यो शीर्षकमा कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस आधारमा सरकारले चालू आवको बाँकी १५ दिनमा १ खर्ब ९३ अर्ब ४६ करोड ८५ लाख अर्थात् दैनिक १२ अर्ब ८९ करोड ७९ लाख रुपैयाँको दरले खर्च गर्नुपर्ने चुनौती छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *