Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शेयर बजार ४७ अंकले घट्यो, सर्वाधिक हिस्सा राधि जलविद्युतको

शेयर बजार ४७ अंकले घट्यो, सर्वाधिक हिस्सा राधि जलविद्युतको

काठमाडौं, १५ असार । मंगलवार बजार ४७.५० अंकले बजार घटेर बन्द भएको छ । हिजोको तुलनामा बजार १.६५ प्रतिशतले घटेर २८२८ विन्दुमा झरेको छ ।

आज ६ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज राधि जलविद्युत कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ४९ करोड ८३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज वटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

ती वटा कम्पनीमध्ये सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८.५५ प्रतिशतले घटेको छ । यो दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१० रुपैयाँमा झरेको हो ।

त्यसैगरी हाइड्रो इलेक्ट्रिसिटीको इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८.७ प्रतिशत, वेष्ट फाइनान्सको ८.०१ प्रतिशत, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ७.१८ प्रतिशत र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६.९० प्रतिशतका दरले घटेको हो ।
आज लघुवित्त समूहबाहेक सबै समूहको परिसूक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x