युनियन लाइफ इन्स्योरेन्सले असार २४ देखि आइपीओ जारी गर्ने

काठमाडौं, १६ असार । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ देखि आईपीओ निष्कासन गर्ने भएको छ । जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

यो आईपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *