Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

साताको अन्तिम दिन शेयर बजारमा हरियाली, ०.६८ प्रतिशतले बढ्यो बजार

साताको अन्तिम दिन शेयर बजारमा हरियाली, ०.६८ प्रतिशतले बढ्यो बजार

काठमाडौं, १७ असार । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । लगातार घटेको बजार आज भने १९.१२ अंकले वृद्धि भएर २८४३ विन्दुमा रोकिएको छ ।

आज कारोबार रकम पनि वृद्धि भएको छ । हिजो ५ अर्ब रुपैयाँको कारोबार भएकोमा आज ६ अर्ब ७० करोड ७७ लाख रपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

२२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजारभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ ।

सर्वाधिक कमाउँनेमा होटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहका रहेको छन् । आज सर्वाधिक शेयर मूल्य वृद्धि हुनेमा ओरन्टियल होटल, गुडवल फाइनान्स, गीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ३० करोड ७२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको शेयर मूल्य १ हजार ६५० रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये निर्जीवन बीमा समूहको परिसूचक ०.०४ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x