Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

हवाई मार्गबाट ६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

हवाई मार्गबाट ६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

काठमाडौं, १८ असार । कोभिड–१९ महामारीकै बीच झिनो संख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२१ को ६ महिनामा हवाई मार्गबाट ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् ।

वर्षको जुन महिनामा जम्मा १ हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो । सन् २०२० को यही महिनामा १०२ जना मात्रै विदेशी नेपाल आएका थिए ।

बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार यो वर्षको जनवरीमा ८ हजार ८७४, फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार ९७७ र अप्रिलमा सबैभन्दा बढी २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै मेमा १ हजार ४६८ र जुनमा १ हजार १४३ पर्यटक नेपाल आएका छन् । जुन महिनामा नेपालबाट ३ हजार ६०६ विदेशी बाहिरिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x