जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं, २३ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आइपीओ बाँडफाँड गरेको हो ।

अइपीओमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ८०१ जनाले शेयर हात पारेका छन् । जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६ जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले पाएका छन् । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४८ हजार १५ कित्ता शेयर बाँडफाँड गरेको हो ।

जीवन विकासले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *