Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बार्षिक रुपमा बढ्दै छ चामल आयात, सम्भव छ देश भित्रै माग अनुसारको उत्पादन ?

बार्षिक रुपमा बढ्दै छ चामल आयात, सम्भव छ देश भित्रै माग अनुसारको उत्पादन ?

काठमाडौं, २६ असार । ६० प्रतिशतभन्दा बढी जनता कृषिमा आवद्ध रहेको मुलुक नेपालमा वार्षिक अर्बाैंको धान–चामल आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विभिन्न मुलुकबाट झण्डै ४५ अर्ब बराबरको धान–चामल आयात भएको छ । नेपालमा भारत, चीन, बंगलादेश लगायतका मुलुकबाट आयत हुने गरेको छ । चामल आयातदर गत वर्षको तुलनामा यो वर्ष ५६ प्रतिशतले बढेको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जानकारी दिए ।

६ देखि ८ लाख मेट्रिक टन धान भए अहिलेको माग धान्न सक्ने आकलन गरिएको छ । स्वदेशमा मोटा चामल उत्पादन गर्ने र मसिना चामल बाहिरबाट ल्याएर खान थालेका कारण पनि धान चामलको आयात बढेको कृषि तथा पशुपच्छी विकास मन्त्रालयले जनाएको छ । यस्तै दुई छाक भात खाने प्रचलनले पनि वर्सेनि चामल आयात बढेको कृषि मन्त्रालयका पूर्व प्रवक्ता एवम् विज्ञ श्रीराम घिमिरेले बताए । गत वर्ष स्वदेशमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष भने गतवर्षको तुलनामा कम उत्पादन भएको थियो । उत्पादन बढेपनि आयातमा भने मनग्य वृद्धि भएको देखिन्छ । नेपालमा धान चामल आयातमात्र नभई निर्यात पनि हुने गरेको बताइएको छ ।

सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । तर, सरकारको लक्ष्य पुरा गर्नका लागि पूर्वाधार तयार गर्न नसकेको धानविज्ञ डा. भोलामान सिंह बस्नेत बताउँछन् । कृषकलाई मल, विउ, सिंचाईंका साथै विज्ञ उपलब्ध गराउँने हो भने उक्त लक्ष्य हाँसिल हुने उनको भनाई छ ।

धान उत्पादनका लागि सिंचाई, मल अपरिहार्य हो । देशको खेती हुने २६ लाख ४१ हजार हेक्टरमध्ये करीब १४ लाख ८० हजार हेक्टरमा मात्रै सिंचाइ सुविधा पुगेको छ। त्यसमध्ये पनि करीब साढे ८ लाख हेक्टरमा मात्रै वर्षैभरि सिंचाइ सुिवधा पुगेको छ। यस्तै हरेक वर्ष किसानले धान खेती गर्ने बेला मलखादको अभाव भोग्ने गरेका छन्। त्यसले गर्दा पनि उत्पादन कम भएको बताइन्छ ।

अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण छ । सरकारी तथ्यांक अनुसार अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान २८ प्रतिशत छ । कृषिजन्य वस्तु आयात प्रतिस्थापन गर्नका लागि सरकारले कृषिमा दिने अनुदान रणनीति परिवर्तन गर्नुपर्ने बेला भएको विज्ञ बस्नेतले बताए ।

उसो त नेपाल विश्वमै धेरै धान उत्पादन गर्ने मुलुकहरुको सूचीमा १७ औं स्थानमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x