Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चालु खाता २ खर्ब ९३ अर्ब घाटामा

चालु खाता २ खर्ब ९३ अर्ब घाटामा

काठमाडौं, ३१ असार । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा चालु खाता २ खर्ब ९३ अर्ब ९७ करोड रुपैयाँ घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार चालु खाता घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६२ अर्ब ५९ करोडले घाटामा थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई १६ अर्ब २० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रुपैयाँ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x