Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आर्थिक वर्षमा २०७७–०७८ : पुँजीगत खर्च ६४.६९ प्रतिशत, राजस्व संकलन ९०.७४ प्रतिशत

आर्थिक वर्षमा २०७७–०७८ : पुँजीगत खर्च ६४.६९ प्रतिशत, राजस्व संकलन ९०.७४ प्रतिशत

काठमाडौं, १ साउन । आर्थिक वर्ष २०७७–०७८ मा पुँजीगत खर्च करिब ६५ प्रतिशतमा नै सीमित रहयो । सरकारले गत आर्थिक वर्षमा ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबर पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्षको अन्तसम्ममा जम्मा २ खर्ब २७ अर्ब अर्थात् ६४.६९ प्रतिशत मात्र भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक २०७६–०७७ मा भन्दा ३६ अर्बले पुँजीगत खर्च बढेपनि संशोधित लक्ष्यअनुसारको खर्च भने भएन । अघिल्लो आर्थिक वर्षमा सरकारले १ खर्ब ९१ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको थियो ।

समयमा बजेट खर्च गर्न नसक्दा यस वर्ष पनि सरकारले असारे विकासका रुपमा अधिकांश बजेट खर्च गरेको छ । कानुनी रुपमा २५ गते पछि अति आवश्यकबाहेक अन्य चेक काट्न नपाइने भएपनि संघीय सरकारले अन्तिम एक हप्तामा मात्र २३ प्रतिशत रकम खर्च गरेको छ ।

त्यस्तै सरकारले यो आर्थिक वर्षमा ९२.७४ प्रतिशत अर्थात् ९ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। बजेट सार्वजनिक गर्दा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको सरकारले उक्त लक्ष्यलाई संशोधन गर्दै साढे नौ खर्ब रुपैयाँमा झारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x