Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

३ हजार विन्दु नागेर बन्द भयो शेयर बजार, कृषि विकास बैंकको हिस्सा बढी

३ हजार विन्दु नागेर बन्द भयो शेयर बजार, कृषि विकास बैंकको हिस्सा बढी

काठमाडौं, ७ साउन । साताको अन्तिम कारोबार दिन बिहीवार (आज) नेप्से परिसूचक ३ हजार विन्दु माथि पुगेर बन्द भएको छ । आज नेप्से परिसूचक १८.७५ अंकले वृद्धि भएर ३००४.३१ विन्दुमा पुगेर बन्द भएको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स भने ४.०६ अंकले बढेर ५६२.२४ विन्दुमा पुगेको छ । २२२ कम्पनीको ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर खरिद विक्री भएको छ ।

कुल कारोबार रकममा सर्वाधिक हिस्सा भने कृषि विकास बैंकले ओगटेको छ । यस दिन उक्त बैंकको ४६ करोड २७ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस बैंकको शेयरमूल्य यस दिन प्रतिकित्ता ४३ रुपैयाँले बढेर अन्तिम मूल्य ५८८ रुपैयाँ कायम भएको छ ।

बिहीवार म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २.०२ प्रतिशतले घटेको छ । यस दिन म्यचुअल फण्डसँगै बैंकिङ्ग समूहको १.७२ प्रतिशत, वित्तको १.५४ प्रतिशत, जलविद्युतको ०.८३ प्रतिशत र निर्जीवन बीमाको ०.२७ प्रतिशत परिसूचक बढेको छ ।

बिहीबार लक्ष्मी उन्नती कोषको १०.०४ प्रतिशत, सिईडिबि हाइड्रोपावरको १० प्रतिशत, ङादी ग्रुप पावरको १० प्रतिशत र माउण्टेन हाइड्रो नेपालको १० प्रतिशतले शेयरमूल्य बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x