Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बागमती प्रदेश सरकारको बजेट खर्च बढ्यो

बागमती प्रदेश सरकारको बजेट खर्च बढ्यो

काठमाडौं, ८ साउन । गत आर्थिक वर्ष २०७७÷७८ मा बागमती प्रदेश सरकारको बजेट खर्च बढेको छ । प्रदेशको बजेट कार्यान्वयन अघिल्लो आव २०७६÷७७ को तुलनामा गत आवमा ६ प्रतिशतले बढेको हो ।

प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौंडाका अनुसार गत आवमा कुल बजेटमध्ये ६५ प्रतिशत खर्च भएको छ । विनियोजित बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ४४ हजार बजेटमध्ये ३३ अर्ब ५० करोड ४१ लाख खर्च भएको कार्यालयका लेखा अधिकृत राजेन्द्र पाण्डेले जानकारी दिए । अघिल्लो आवमा कुल विनियोजित ४७ अर्ब ६० करोड ७८ लाख बजेटमध्ये २८ अर्ब ४ करोड ४३ लाख अर्थात् ५९ प्रतिशत बजेट खर्च भएको कार्यालयको तथ्यांक छ ।

गत आवमा २०७७÷७८ मा विनियोजित रकमको सबैभन्दा धेरै प्रतिशत खर्च गर्ने कार्यालयतर्फ स्थानीय तह रहेका छन् । विनियोजित रकमको सबैभन्दा कम खर्च गर्ने कार्यालयतर्फ मुख्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छ ।

गत आवमा विनियोजित बजेटको सबैभन्दा धेरै प्रतिशत खर्च गर्न सफल भौतिक पूर्वाधार विकास मन्त्रालयले २० अर्ब ९ करोड ७४ लाख ६५ हजारमा १४ अर्ब ७५ करोड ४९ लाख ३४ हजार ६१७ खर्च गरेको छ । उक्त मन्त्रालयअन्तर्गत गरिने ठेक्का सम्झौता शीर्षकमा नै सबैभन्दा बढी खर्च भएको छ ।

त्यसैगरी प्रदेश सरकारले स्थानीय तहका लागि ७ अर्ब २४ करोड ३१ लाख ६१ हजार छुट्याएकामा स्थानीय तहले ७ अर्ब चार करोड ३३ लाख ११ हजार ६९५ खर्च गरेको देखिएको छ, जुन कुल विनियोजित बजेटको ९७.२४ प्रतिशत हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x