Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मोरङ व्यापार संघले अर्थमन्त्री शर्मालाई बुझायो २१ बुँदे सुझाव

मोरङ व्यापार संघले अर्थमन्त्री शर्मालाई बुझायो २१ बुँदे सुझाव

काठमाडौं, ८ साउन । मोरङ व्यापार संघले अर्थमन्त्री जनार्दन शर्मालाई २१ बुँदे सुझाव पेश गरेको छ। मौद्रिक नीतिमा समेटिनु पर्ने बिषयमा सरकारको ध्यानाकर्षण गराउँदै अर्थमन्त्री शर्मालाई भेटी संघले मौद्रिक नीतिमा समेटिनु पर्ने बिषयमा २१ बुँदे सुझाव दिएको हो ।

कोरोनाले समस्याग्रस्त पारेका उद्योगहरुको पुनर्उत्थान हुने गरी मौद्रीक नीति आउनु पर्नेमा जोड दिनुपर्ने सुझाव छ । अब आउने मौद्रिक नीतिमा कोभिड १९को प्रभावका कारण सबै ऋणीहरुको व्याज मिनाहा गरिनु पर्ने एवं निजहरुको कर्जा भुक्तानी गर्ने म्याद थप गरिनु पर्ने उल्लेख छ । हाल कायम रहेको बैंकिङ्ग क्षेत्रको स्प्रेडदरलाई अधिकतम् ३ देखि ५ प्रतिशत कायम गरिनुपर्ने, क्रेडिट रेटिङका सम्बन्धमा पब्लिक लिमिटेड कम्पनीहरुको हकमा ५० करोडकै सीमा र प्राईभेट कम्पनीको हकमा २०० करोडको सीमा निर्धारण गरिनु पर्ने सुझाव दिईएको छ ।

उद्योगी–व्यवसायीहरुकालागि कर्जा, पुनरकर्जा लिने प्रक्रियालाई सरलीकृत र सर्व सुलभ पहुँचको व्यवस्था गरिनु पर्ने एवं पुनरकर्जाका व्यवस्थाहरुलाई सशक्त रुपले कार्यान्वयनमा ल्याइनु पर्ने,– नेपाल सरकारकै आव्हानमा लागू गरिएको लकडाउनको परिपालना गर्दै घाटा व्यहोरेका एवं नकारात्मक प्रभाव पर्न गएका स्वदेशी उद्योग प्रतिष्ठानहरुको हकहित एवं संरक्षणार्थ त्यस्ता उद्योग प्रतिष्ठानहरुलाई आगामी तीन वर्ष सम्मकालागि सुक्ष्म निगरानीमा नराख्ने व्यवस्था गरिनु पर्नेपनि सुझावमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x