Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत आईपीओमा आवेदन दिन सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत आईपीओमा आवेदन दिन सकिने

काठमाडौं, ११ साउन । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीको आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आईपीओ तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्ने बैंकले बताएको छ ।

बैंकको NIC ASIA MoBank प्रयोगकर्ताले एपभित्र रहेको Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन् ।

बैंकको मुलुकभर ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x