Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

८ हजार ४५३ पुग्यो स्वदेशी लगानीका उद्योग दर्ता

८ हजार ४५३ पुग्यो स्वदेशी लगानीका उद्योग दर्ता

काठमाडौं, ११ साउन । मुलुकमा हालसम्म स्वदेशी लगानीका उद्योग दर्ता संख्या ८ हजार ४ सयभन्दा बढी पुगेको छ । उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्ममा ठूला, मझौला र साना गरी कुल ८ हजार ४५३ उद्योग दर्ता भएका हुन् ।

विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै कुल २७७ वटा उद्योग दर्ता भएका छन्, जुन अघिल्लो आवको भन्दा ७४ वटा बढी हो । अघिल्लो आवमा २७१ वटा उद्योग दर्ता भएका थिए ।

गत आवसम्ममा दर्ता भएका कुल उद्योगमध्ये साना उद्योगको संख्या करिब दुई तिहाइ छ । सो अवधिसम्ममा ५३३१ वटा साना उद्योग दर्ता भएका छन्, जुन कुल दर्ताको ६३ प्रतिशत हो ।

यसैगरी १ हजार ९०८ मझौला उद्योग र १ हजार २१४ वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांकले देखाएको छ ।

दर्ता भएका सबै उद्योगमा गरी कुल २२ खर्ब ८३ अर्ब २८ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ । सबै उद्योग स्थापना हुँदा रोजगारी पाउनेको संख्या कुल ६ लाख २८ हजार ७१२ जना पुग्ने विभागको तथ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x