Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

केन्द्रीय बैंकले आज २० अर्बको निक्षेप उपकरण निष्कासन गर्ने

केन्द्रीय बैंकले आज २० अर्बको निक्षेप उपकरण निष्कासन गर्ने

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले आज (बुधवार) २० अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता कायम राख्न केन्द्रीय बैंकले आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फ निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो ।

१४ दिनका लागि निष्कासन गर्न लागिएको उक्त निक्षेप उपकरणको ब्याजदर बोलकबोल माध्यमबाट हुनेछ । बोलकबोल घटीमा ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने रकमसम्मका लागि गर्न सकिनेछ । राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने उक्त निक्षेप उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जारी सूचनामा उल्लेख छ ।

साँवा तथा ब्याज भुक्तानी मिति साउन २७ गते रहेको सो निक्षेप उपकरणको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x