Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रभावित कर्जा ४० प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रभावित कर्जा ४० प्रतिशतले बढ्यो

काठमाडौं, १४ साउन । गत आर्थिक वर्ष २०७७÷७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४०.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको गत आवको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

सो अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९.१ प्रतिशतले बढेको छ । यस्तै निर्माण क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालू पूँजी कर्जा २४.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५३.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.५ प्रतिशतले घटेको छ ।
२०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.० प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.५ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x