Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अटोमोबाइल्स क्षेत्रका कर्मचारीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग

अटोमोबाइल्स क्षेत्रका कर्मचारीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग

काठमाडौं, १४ साउन । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल्स क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघका पदाधिकारीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भटेर यस्तो माग गरेका हुन् ।

नाडाका उपाध्यक्ष करण चौधरीले कोभिड–१९ को कारण अटोमोबाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल्स क्षेत्रबाट प्राप्त गर्ने राजस्वमा समेत परेको बताए । सरकारले लगाएको निषेधाज्ञा केही खुकुलो भए पनि अटोमोबाइल्स क्षेत्रका व्यवसायी, कर्मचारी, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा कार्यक्षेत्रमा जान नसकिरहेको उनले बताए ।

अटोमोबाइल व्यवसायलाई थप गतिशील बनाउन खोपको आवश्यकता रहेको भन्दै तत्काल खोप उपलब्ध गराइदिने व्यवस्था गर्न उनीहरुको माग छ ।

प्रतिक्रियामा राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x