आत्मनिर्भर लघुवित्तले साधारण शेयर निष्काशन गर्ने, विक्री प्रवन्धकमा सनराइज क्यापिटल

काठमाडौं, १९ साउन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि सन्राइज क्यािपटल लिमिटेडलाई बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

उक्त सम्झौता पत्रमा आत्मनिर्भर लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी र सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *